आजको शेयर अपडेट

काठमाडौँ । बिहीबार ओरालो लागेर बन्द भएको शेयर बजार आइतबार खुल्दा पनि ओरालो नै लागेको छ। आइतबार परिसूचक ११.६० अंकले घटेर २७५७.५३ कायम भएको छ। 

आज पनि थुप्रै कम्पनीहरूको मूल्य कम भएको छ। कारोबार भएका कम्पनीमध्ये आज ६२ वटाको मात्र मूल्य बढेको छ। ११५ कम्पनीको मूल्य कम भएको छ भने १० कम्पनीको मूल्य स्थिर छ। आज अंकसँगै कारोबार रकम पनि घटेको छ। बिहीबार ६ अर्ब २७ करोड बढीको कारोबार भएको थियो भने साताको पहिलो दिन आज आइतबार ४ अर्ब ३५ करोड हाराहारीको मात्र शेयर किनबेच भएको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×