साबा बास्केटबलमा नेपाल माल्दिभ्सँग पराजित

काठमाडाैँ - साउथ एसियन बास्केटबल एसोसिएसन (साबा)को आयोजनामा माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले खराव सुरुवात गरेको छ। आफ्नो पहिलो खेलमा नेपाल आइतबार आयोजक माल्दिभ्सदसँग ५१-४७ ले पराजित हुन पुगेकाे हाे।

खेलमा नेपालले प्रतिस्पर्धात्मक प्रदर्शन गरे पनि अन्तिम क्वाटरमा लय गुमाउँदा हार व्यहोरेको हो।पहिलो क्वार्टरमा नेपाल १४-१६ ले पछि परेको थियो। तर दोस्रो क्वाटरमा १०-९ ले नेपालले अग्रता लिन सफल भयो। त्यस्तै, तेस्रो क्वाटरमा १२-९ ले अग्रता लिँदै खेलमा ३६-३४ ले अग्रता बनायो।

तर, निर्णायक क्वाटरमा लय गुमाएको नेपाल ११-१७ ले पछि परेपछि खेल ४७-५१ ले गुमाउन पुगेको हाे। अघिल्लो संस्करणमा नेपालले माल्दिभ्सलाई ७७-३६ ले हराएको थियो।

च्याम्पियनसिपमा दक्षिण एसियाका ४ राष्ट्रको सहभागिता रहेको छ। अब नेपालले दोस्रो खेलमा मंगलबार श्रीलंकासँग र राउन्ड रोविनको अन्तिम खेल भुटानसँग बुधबार प्रतिस्पर्धा गर्नेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×