न्यूयोर्कमा सुर सुधासँग रमाए अमेरिकी नागरिक

काठमाडौँ - नेपालको लोकप्रिय सांगीतिक समूह सुर सुधाले आफ्नो सुमधुर संगीतमार्फत न्यूयोर्कवासीलाई मन्त्रमुग्ध पारेको छ। न्यूयोर्क उडसाइडस्थित धर्म हाउसमा १२ नोभेम्बर शनिबार आयोजित गाला डिनरसहितको सांगीतिक कार्यक्रममा सुर सुधाले प्रस्तुत गरेको मौलिक गीत संगीतमा नेपालीमात्र होइन्, अमेरिकी पनि रमाए।

उक्त कार्यक्रममा सुर सुधाका संस्थापक सुरेन्द्र श्रेष्ठ (तबला), रमन महर्जन (बाँसुरी), सरस्वती खत्री (गायन) र विकास सुनार (गीतार) ले विभिन्न गीत संगीत प्रस्तुत गरेका थिए। आफ्नो प्रस्तुतिका क्रममा सुर सुधाका संस्थापक श्रेष्ठले आयोजकप्रति धन्यवाद दिँदै दर्शकको माया, ताली र प्रशंसा नै आफूहरूको सम्पत्ति रहेको बताएका छन्।

उनले दर्शककै मायाका कारण विगत ३० वर्षदेखि संगीत सृजना गर्ने अवसर प्राप्त भएको पनि उल्लेख गरेका छन्। उक्त कार्यक्रम बुद्ध ट्याक्स एण्ड अकाउण्टिङ, नमस्ते ग्रुप, रेभल इभेन्ट्स इंक र नवराज केसीको संयुक्त आयोजनामा भएको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×