बर्दिया २ मा स्वतन्त्र उमेदवार आचार्यको समर्थनले राप्रपाका रावललाई अझै सहज

बर्दिया – आसन्न मंसिर ४ गते हुने निर्वाचनमा बर्दिया-२ बाट स्वतन्त्र उम्मेदवार रहेका रामप्रसाद आचार्यले राप्रपाबाट उम्मेदवार रहेका युवा नेता विनय रावललाई समर्थन गर्नाले रावललाई अझै सहजता प्रदान भएको छ।

गत सोमबार भएको राप्रपाको वृहत आमसभा, पार्टी प्रवेश तथा सांस्कृतिक कार्यक्रममा आचार्यले आफ्नो समर्थन रावललाई दिएका थिए। उसै पनि आफ्नो सुकार्यका कारण जनतामाझ परिचित भएका रावललाई स्वतन्त्र उम्मेदवारको समर्थन पाउनाले अझ सहज भएको छ।

उक्त सभामा राप्रपाका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले सम्बोधन गर्दै रावलको विजय सुनिश्चित रहेको समेत बताएका थिए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×