गगनसिंहको कृति 'अस्ताचलको ढोकाबाट' सार्वजनिक

कैलाली - आख्यानकार गगनसिंह थापाको आठौं कृति 'अस्ताचलको ढोका'बाट उपन्यासको टीकापुरमा विमोचन भएको छ। कृतिको बिमोचन गर्दै साहित्यकार रामलाल जोशीले थापाको लेखकिय शैलीलाई उनको 'कर्णालीको छेउछाउ' कृतिदेखि नै आफूले पछ्याउँदै आइरहेको बताएका छन्।

सूदुरपश्चिम र कर्णाली क्षेत्रको भाषा, संस्कृति र सभ्यतालाई थापाका कृतिहरुले मुलधारमा लगेको र आफूहरुले त्यसलाई अगाडि बढाउन प्रयास गरिरहेको जोशीले बताएका छन्। कृतिमाथि टिप्पणी राख्दै प्राध्यापक धनकृष्ण उपाध्यायले 'अस्ताचलको ढोकाबाट' कृतिमा संस्मरण र उपन्यासको उच्च काब्यिक समिश्रण रहेको बताएका छन्।

देवकोटा साहित्य कला परिवारका अध्यक्ष बलबहादुर रावलको सभापतित्वमा आयोजित बिमोचन समारोहमा कर्णबहादुर थापा, धनन्जय तिमिल्सिना ,टीकापुर विकास समितिका पुर्व अध्यक्ष मिनबहादुर रावल, स्व. थापाका छोरा हिक्मत थापा तथा छोरी पदमिनी थापाले कृति र कृतिकार माथी मन्तव्य राखेका थिए। स्वर्गीय थापाका सोह्र सौगात (कथा सङ्ग्रह) ,कर्णालीको छेउछाउ (उपन्यास), पुर्खाको चिट्ठी (उपन्यास) मेरो मधुशाला (उपन्यास), उज्ज्वली (लघु उपन्यास), महाप्रलय(उपन्यास) र मरुभूमिकि महारानी (लघु उपन्यास) कृतिहरु प्रकाशित छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×