रक्ष राईको कृति ‘युद्ध सौन्दर्य चिन्तन’ सार्वजनिक

काठमाडौँ - प्रसिद्ध कवि, कथाकार तथा डायास्पोरिक साहित्य सिद्धान्तका प्रवर्तक रक्ष राईले ‘युद्ध सौन्दर्य चिन्तन’ नामक दर्शन-चिन्तनमा आधारित बृहत् अनुसन्धानमूलक कृति बजारमा ल्याएका छन्।

आफ्नो नवीनतम् उक्त कृतिलाई लेखक राईले ‘मानव सभ्यताको दर्पण’का रूपमा व्याख्या गरेका छन्। पुस्तकमा सैन्य तथा युद्ध परिभाषा, सैन्य विज्ञान, सैन्य समाज विज्ञान, युद्ध विज्ञान, युद्ध कला र युद्ध सौन्दर्य चिन्तन गरी ६ अध्याय रहेका छन्।

‘युद्ध सौन्दर्य चिन्तन’मा वरिष्ठ साहित्य साधक, चिन्तक तथा समालोचक प्रा.डा. गोविन्दराज भट्टराईको विशिष्ट र महत्वपूर्ण भूमिका रहेको छ। ६ सय ५६ पृष्ठको पुस्तकको मूल्य १ हजार रहेको छ। पुस्तक गोर्खा बुक्सले छापेको हो।

युद्ध सौन्दर्यसम्बन्धी खोज, अनुसन्धान र चिन्तन गर्न चाहनेहरूका लागि राईको पुस्तक महत्वपूर्ण सामग्रीका रूपमा आएको छ। पुस्तक रत्न पुस्तक भण्डार र गोदावरी बुक हाउस, बागजबारमा पाइन्छ।

ब्रिटिस गोर्खा सैन्य सेवाबाट सेवानिवृत्त राईका यसअघि देश दुखेको छ, सालिक उभिएर गोर्खाली,  पोयट इन किलिङ जोन (अङ्ग्रेजी) कवितासङ्ग्रह, सहिदकी आमाको लास, बालुवामा अर्को नेपाल र  पल्टनेको फोटो कथासङ्ग्रह प्रकाशित छन्।यसका साथै मिजास तेम्बेसँग सहलेखनमा नवचेतनाग्रह र डायास्पोरा सिद्वान्तः रचना र समालोचना नामक ग्रन्थ प्रकाशित छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×