टोटनहमको जितमा केनको गोल निर्णायक

काठमाडौँ - ह्यारी केनको निर्णायक गोलको मद्दतले टोटनहमले शनिबार इंग्लिस प्रिमियर लिगमा ब्राइटनलाई १-० ले हराएको छ। केनको यो सिजनको आठौं व्यक्तिगत गोल हो। यस जितसँगै टोटनहाम खेल तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।

इंग्लिस स्ट्राइकर केनले पहिलो हाफमा हेडबाट गोल गर्दै टिमलाई जित दिलाए। टिम शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा ३ अंकको दूरीमा रहेको छ। उसको नौ खेलबाट २० अंक भएको छ।

लयमा रहेको ब्राइटन भने ८ खेलबाट १४ अंकका साथ छैटौं स्थानमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×