डक आउटमा रोहितको कीर्तिमान

काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत सोमबार राति सम्पन्न राजस्थान रोयल्सविरुद्धको खेलमा रोहित शर्माले खाता खोल्न सकेनन्। 

मुम्बई इन्डियन्सका ओपनिङ ब्याट्सम्यान रोहितलाई ट्रेन्ट बोल्टले विकेटकिपरको हातमा क्याच आउट गराए। रोहितले आईपीएलका दुई खेलमा मुम्बईलाई राम्रो शुरूआत दिलाएका थिए। तर, तेस्रो  खेलमा बोल्टको आउट स्विङको जवाफ उनीसँग थिएन। 

योसँगै रोहित आईपीएलमा सबैभन्दा धेरै डक हुने ब्याट्सम्यानको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन्। रोहित १७औँ पटक खाता नखोल्दै आउट भएका हुन्। उनले दिनेश कार्तिकको कीर्तिमान बराबरी गरेका छन्। 

कार्तिकको तुलनामा रोहितले आईपीएलमा १७ इनिङ्स बढी ब्याटिङ गरेका छन्। डेक्कन चार्जर्सबाट आईपीएलमा डेब्यू गरेका रोहितले लिगमा ६ हजार २८० रन पनि बनाएका छन्।

दिनेश पनि आईपीएलमा १७ पटक खाता नखोली आउट भएका छन्। यो सिजन रोयल च्यालेन्जर्स बेंगलुरुबाट खेलिरहेका दिनेशले अहिलेसम्म २४५ खेल खेलिसकेका छन्। उनले ४ हजार ६०२ रन बनाएका छन्। कार्तिकले दिल्ली क्यापिटल्स, गुजरात जायन्ट्स, कोलकाता नाइट राइडर्स, पञ्जाब किंग्स र मुम्बई इन्डियन्सबाट पनि खेलिसकेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×