रोहित शर्मा र विराट कोहलीले लिए टी २० अन्तर्राष्ट्रियबाट सन्यास

काठमाडौं । भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा र ब्याटर एवं पूर्वकप्तान विराट कोहलीले टी–२० अन्तर्राष्ट्रिय खेलबाट सन्यासको घोषणा गरेका छन् ।

शनिबार राति वेस्ट इन्डिजको ब्रिजटाउनस्थित केङ्ग्सिङ्टन ओभलमा भएको फाइनल खेलमा आफ्नो देशले विश्वकपको उपाधि जितेपछि उनीहरुले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

शनिबार राति भएको विश्वकपको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै उपाधि जितेको थियो ।
कप्तान शर्माले भने, ‘यो मेरो अन्तिम खेल पनि थियो । मलाई हरेक पल मनप¥यो । म यही चाहन्थेँ– म भारतलाई विश्वकप जिताउन चाहन्थेँ ।’

यद्यपि उनले भारतको टेस्ट र एकदिवसीय क्रिकेट खेल्न जारी राख्नेछन्। यता विराट कोहली प्लेयर अफ दी म्याच घोषित भए । दक्षिण अफ्रिकाविरुद्धको खेल कोहलीले सर्वाधिक ७६ रनको योगदान दिए ।

उनले टी–२० क्रिकेटमा भारतका लागि १ सय २५ वटा खेल खेद्यलै ४ हजार १ सय ८८ रन जोडेका छन् । रोहित शर्मा नेतृत्वको टिम इन्डिया अपराजित रहँदै १७ वर्षपछि टी–२० विश्वकप जित्न सफल भएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×