विभिन्न ६ स्रष्टालाई पुरस्कार प्रदान गरिने

काठमाडौँ - नेपाल भाषा परिषद्ले कवि केशरी चित्तधर ह्रदयको ११६औँ जन्म जयन्तीको अवसरमा विविध विधाका ६ जना स्रष्टाहरुलाई पुरस्कार तथा सम्मान गर्ने निर्णय गरेको छ।

परिषद्को कार्यसमितिको बैठकले भाषा थुवाको उपाधि कवि नवीन चित्रकारलाई, चित्तधर सिरपा कवि डा आनन्द जोशीलाई, मोतिलक्ष्मी सिरपा कथाकार सरस्वती तुलाधरलाई, केशवलाल सिरपा कथाकार तथा उपन्यासकार केदार सितुलाई, ठाकुरलाल सिरपा नियात्राकार विमलप्रभा बज्राचार्यलाई र पूर्णहीरा सिरपा समालोचक कुन्दनप्रसाद श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको हो।

परिषद्ले सो पुरस्कार यही जेठ १३ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रमको आयोजना गरी प्रदान गर्ने भएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×