अफरोड ट्रयाकमा एमजी ४ इभिको ‘स्ट्रेन्थ टेस्ट’

काठमाडौं - एमजीको नेपालका लागि आधिकारीक वितरक पारामाउन्ट मोटर्स प्रा.लिले एमजीफोर ईभीको स्ट्रेन्थ टेस्ट गरेर ग्राहकवर्गमा सो ई.भिको अविश्वसनीय सम्भावनाहरूको परीक्षण गरेको छ ।“एमजी ४ स्ट्रेंन्थ टेस्टः इन्डुरेन्स इन एड्भरसिटी” नामको यो इभेन्ट नेपालमा आयोजना गरिएको पहिलो ई.भी स्ट्रेन्थ टेस्ट हो । गते चैत १ गते बिहिबार धुलिखेलमा रहेको ‘डर्ट टेम्पल’ मा विशेष कार्यक्रम आयोजना गरी कम्पनीले विभिन्न सेलिब्रेटी, मिडियाकर्मी, ग्राहकवर्ग तथा सामाजिक संजालका प्रभावकर्ताहरू सहभागी गराएको हो ।

धुलिखेलमा रहेको डर्ट टेम्पलमा एमजी४ इभिको ‘इन्डुरेन्स’ गरिएको थियो । त्यहाँको डर्ट ट्रयाकमा सहभागीहरुले हिलो बाटो, सार्प टर्निङ, हील असिस्ट र ओरालोको पर्फमेन्स जस्ता विषयमा एमजी४ इभिको परीक्षण गरेका थिए । ट्रयाकमा गाडी कुदाउने क्रममा सहभागीहरुले सो गाडीको ग्राउन्ड क्लियरेन्स, चारवटै चक्कामा रहेका इन्डिपेन्डेन्ट सस्पेन्सनको पर्फमेन्स, त्यसको पावर र पीकअपको अनुभव लिएका थिए । एमजीको डेडिकेटेड ईभीप्लेटफर्ममा बनेको पहिलो ईभी एम.जीफोर, अविश्वसनीय डर्ट ट्रयाकमा ड्राइभ गराइएको थियो । उक्त ट्रयाकमा पटहोल, ठाडो उकालो, सार्प टर्निङ, मडी, बम्पी बाटोमा कारको स्ट्रेन्थ टेस्ट गरिएको थियो ।

यसो हेर्दा कम ग्राउण्ड क्लियरेन्स भएको देखिएपनि इन्डिपेन्डेन्ट र स्टिफ सस्पेन्सनका कारण चार जना बसेर गाडी चलाउँदापनि ग्राउन्ड क्लियरेन्सका कारणले समस्या सिर्जना नभएको पाईयो । यस एमजी४ इभिमा रहेको हील असिस्ट, हील डिसेन्ट कन्ट्रोल तथा रियर ह्वील ड्राइभका कारण अफ्ठ्यारो बाटोमापनि राम्रो पर्फमेन्स दिएको अनुभब सहभागीहरूले बताउनु भयो ।

इभेन्टका बारेमा बोल्दै पारामाउन्ट मोटर्सका प्रतिनिधिले भने, “नेपालमा रहेको बिभिन्न ई.भी गाडिहरू मध्ये एम.जीले पहिलो पटक यस्तो परीक्षण गरेको हो । गाडीको ग्राउन्ड क्लियरेन्सको सम्बन्धमा रहेको शङ्का टेस्ट ड्राइभ पश्चात मेटिइएको पाइयो । सहभागीहरूले टेस्ट ड्राइभ पश्चात एमजी ४ इभि सहरका चिल्ला बाटोमा मात्र नभई बिग्रिएका, खाल्डाखुल्डी, हिलो तथा कच्ची बाटोहरुमा पनि सहजै चलाउन सकिने कुरामा आफु विश्वस्त रहेको कुरा जनाए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×