काठमाडौँ। चर्चित गायक तथा संगीतकार प्रकाश सपुतको नयाँ गीत 'पिर' बारे अहिले सामाजिक सञ्जालमा बिभिन्न टिकाटिप्पणी गरिदैछ। कोहि उनको पक्षमा उभिएर कुरा गरिरहेका छन् भने केहि उनको विरोधमा उत्रिएका छन्।
यसैबिच संगीतकार कालीप्रसाद बास्कोटाले पनि सामाजिक सञ्जालमा आफ्नो भनाई राखेका छन्। उनले सञ्जालमा लेखेका छन्, ‘कलाकारलाई रूवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन।’गीतको भिडियो एक सिनमा पूर्व योद्धा महिलालाई यौनकर्मीका रुपमा देखाइएको विषयमा विवादित बनेको हो।