श्रीलंकासँग अभ्यास खेल खेल्ने नेपालको तयारी

काठमाडौँ - एएफसी एसियन कप २०२३ छनोटअघि कतारको दोहामा प्रशिक्षणरत नेपाली राष्ट्रिय फुटबल टोलीले तेस्रो अभ्यास खेल खेल्ने तयारी गरेको छ। कतारमा प्रशिक्षणरत नेपाली टोलीले टिमोर लिस्टेसँग एक अभ्यास खेल खेलिसकेको छ।

जसमा खेलको पहिलो हाफमा २–० ले पछि परेको नेपाल दोस्रो हाफको खेलमा लयमा फर्कँदै २–२ को बराबरी गर्न सफल भएको थियो। यस्तै, ओमानविरुद्ध शुक्रबार खेल्ने तालिका छ। नेपालले अभ्यासको दौरान श्रीलंकासँग दोहामै तेस्रो खेल खेल्ने तयारी गरेको छ। हाल श्रीलंकाको राष्ट्रिय टिमसमेत दोहामै अभ्यासरत छ। एन्फा महासचिव इन्द्रमान तुलाधरले अभ्यासको लागि तयारी भइरहे पनि पक्का नभइसकेको जानकारी गराएका छन्।  

‘दोहामा रहेको टिमले अभ्यासको लागि कुराकानी गरिरहेको छ। तर, पक्का भइसकेको छैन,’ उनले भने। एएफसी कपका लागि कतारमा अभ्यास पूरा गरेपछि नेपाली टिम कुवेत पुग्नेछ। 

समूह ‘बी’मा रहेको नेपालले २५ जेठमा जोर्डन, २८ जेठमा कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ। श्रीलंकासँगको खेलको मिति भने तय भइसकेको छैन।  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×