स्वास्थ्य शिविरबाट एक हजार विद्यार्थी लाभान्वित

दमौली- तनहुँको म्याग्दे गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सञ्चालित स्वास्थ्य शिविरबाट एक हजार ८३ विद्यार्थी लाभान्वित भएका छन्। स्वास्थ्य शाखाले विद्यालयमा दुईदिने स्वास्थ्य शिविर सञ्चालन गरेको छ।  

म्याग्दे–४ स्थित मीन माध्यमिक विद्यालयका ५६७ र म्याग्दे–२ को राधा माध्यमिक विद्यालयका ५१६ विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले जानकारी दिए। मीन माध्यमिक विद्यालयमा आयोजित शिविरमा ९८ जनामा नाक, कान र घाँटीको समस्या देखिएको छ। एक सय २३ जनामा दाँतको समस्या देखिएको छ। 

राधा माध्यमिक विद्यालयका १३१ विद्यार्थीको दाँतमा समस्या देखिएको घिमिरेले बताए। यस्तै ६९ जनामा नाक, कान र घाँटीको समस्या देखिएको छ। अन्य विद्यालयमा पनि शिविर सञ्चालन गरिने उनको भनाइ छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×