भारतमा पछिल्लाे २४ घण्टामा थप ७ हजारमा काेराेना पुष्टि, २४७ संक्रमितकाे मृत्यु

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट थप झण्डै सात हजारमा संक्रमण पुष्टि भएकाे छ । भारतीय सरकारी अधिकारीहरुले सोही अवधिमा थप २४७ जनाको कोरोनाका कारण मृत्यु भएको पनि जानकारी दिएका हुन् ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ सङ्क्रमित मध्ये तीन हजार ३७७ जना केरला राज्यका मात्रै रहेका छन् । सो राज्यमा पछिल्लो २४ घण्टामा २८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेका सङ्क्रमितहरुको सङ्ख्या ८७ हजार ५६२ रहेको छ । “अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या कुल सङ्क्रमितहरुको सङ्ख्याको ०.२५ प्रतिशत मात्रै रहेको छ,” मन्त्रालयले भनेको छ । यो सङ्ख्या सन् २०२० को मार्च पछिकै सवैभन्दा कम रहेको अधिकारीहरुले जनाएका छन ।

त्यसैगरी सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने ९८.३८ प्रतिशत पुगेको पनि मन्त्रालयले जनाएको छ । यो सङ्ख्या पनि सन् २०२० को मार्च पछिकै सवैभन्दा धेरै भएको अधिकारीहरुको भनाई छ ।

पछिल्लो २४ घण्टामा आठ हजार १६८ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म कुल सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या तीन करोड ४१ लाख ४६ हजार ९३१ रहेको छ । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×