काठमाडौँ- इमर्जिङ्ग नेपाल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै छ। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ५ लाख ५५ हजार ६०० कित्ता शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो।
कुल कित्तामध्य २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरेको छ। यी बाहेक बाँकी ५ लाख १६ हजार ७०८ कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आउने भएको हो। यो आईपीओ फागुन १ गतेसम्म विक्रीमा रहनेछ।
उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने माघ ११ गतेसम्म विक्री खुला गरिने जानकारी कम्पनीले दिएको छ। यो शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। शेयर खरिदका लागि विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालय तथा मेरो शेयर सफ्टवेयर र एप मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ। यो आईपीओलाई इक्रो नेपालले समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ्ग प्रदान गरेको छ। हाल कम्पनीको चुक्तापूँजी ५० करोड ४० हजार रुपैयाँ रहेको छ।
आईपीओ पश्चात यो पूँजी ५५ करोड ५६ लाख रुपैयाँ पुग्नेछ। कम्पनीमा हाल संस्थापक तर्फ ९० प्रतिशत शेयर स्वामित्व कायम रहेको छ। सर्वसाधारण तर्फ कर्मचारी समेत १० प्रतिशत शेयर कम्पनीले विक्री गर्न लागेको हो। आर्थिक वर्ष ०७७/७८ सम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ १०५ दशमलव ११ रुपैयाँ रहेको छ। यहि प्रतिशेयर नेटवर्थको आधारमा कम्पनीको शेयरमूल्य दोस्रो बजारमा कारोबारका लागि तय हुनेछ।
नेप्सेले वास्तविक प्रतिशेयर नेटवर्थ देखि तीन गुणासम्म पहिलो कारोबारका लागि मूल्य तोक्ने व्यवस्था बमोजिम कम्पनीले १०५ दशमलव ११ रुपैयाँ देखि ३१५ दशमलव ३३ रुपैयाँसम्मको मूल्य रेञ्ज पाउने देखिन्छ। आर्थिक वर्ष ०७७र/७८ सम्म कम्पनीको सञ्चित नाफा २ करोड ५५ लाख रुपैयाँभन्दा बढी छ। चालू आवको अन्त्यसम्म कम्पनीले यो नाफा ३ करोड ५३ लाख रुपैयाँभन्दा बढी पुर्याउने प्रक्षेपण गरेको छ।