काठमाडौँ। कोरोनाका कारण स्थगित भएको ‘मिस वर्ल्ड २०२१’को फिनाले अर्को वर्ष आयोजना हुने भएको छ। आगामी वर्षको मार्च महिनामा फिनाले आयोजना हुने आयोजकले जनाएका छन्। डिसेम्बर १६ मा हुने भनिएको फिनाले २०२२ मार्च १६ गते हुने भएको छ। प्रतियोगिहरुमा कोरोना संक्रमण देखिएपछि प्युत्रो रिकोमा भइरहेको कार्यक्रम स्थगित भएको थियो। 'मिस वर्ल्ड २०२१' मा नेपालको प्रतिनिधित्व नम्रता श्रेष्ठल गरेकी छिन्। आयोजकका अनुसार कार्यक्रम पुरानै स्थानमा आयोजना हुनेछ।