काठमाडौँ - डा. खगराज बरालद्वारा लिखित गैरआख्यान अनुभूति संग्रह ‘मालामा नउनिएका फूलहरु’ सार्वजनिक भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा पुस्तक विमोचन गरिएको हो।
पुस्तकमा लेखक बरालको अनुभव र भोगाइ समेटिएका छन्। यस पुस्तकमा विभिन्न विषय र क्षेत्रका २० शीर्षकमा आत्मपरक निबन्ध समेटिएका छन्।
बराल गीत, कविता, कथा र समालोचना लेखनमा सक्रिय रहेका छन्। श्रमिक बरालको नामबाट कलम चलाउने बरालको यसअघि सातवटा पुस्तक प्रकाशित भैसकेका छन्। ३२४ पृष्ठको पुस्तकको मूल्य ४७५ रुपैयाँ तोकिएको छ। शिखा बुक्सले यसलाई बजारमा ल्याएको हो।