नेपालमा उद्यमशील समूहका लागि बिमस्टार्ट र हाईपर्सले गर्दै उद्यमशीलता सम्मेलन

काठमाडौं । नेपालमा उद्यमशीलता समुदायलाई एकसाथ ल्याउन बिमस्टार्ट र हाईपर्सले संयुक्त रूपमा उद्यमशीलता सम्मेलन आयोजना गर्ने भएका छन् । २ अगस्ट अर्थात् साउन १८ गते ललितपुरस्थित पुलचोकमा रहेको ‘द इन्ट्रान्स क्याफे’मा कार्यक्रम आयोजना हुने भएको हो।

कार्यक्रम दिउँसो तीन बजेदेखि ६ बजेसम्म हुने आयोजना हुने आयोजकले बताएका छन् । हालसम्म बीमस्टार्टले विश्वभर २०० भन्दा बढी कार्यक्रमहरू आयोजना गरिसकेको छ । जसले ५० हजारभन्दा बढी सहभागीहरूलाई एकठाउँमा समेटेको छ । त्यसैगरी यसपटक हुँदै गरेको उद्यमशीलता सम्मेलनमा पनि नेपालका निर्णयकर्ता, उद्यमी र यस क्षेत्रमा रुचि राख्ने व्यक्तिहरूलाई समेट्ने योजना हाईपर्स र बिमस्टार्टको छ।

आयोजकका अनुसार सहभागीहरूले गुणस्तरीय नेटवर्किङ, व्यवसायिक साथ–सहयोग प्राप्त गर्नेछन् । कुल ८० देखि १०० जना सहभागी हुने अनुमान गरिएको यस कार्यक्रममा ३ जना बराबर एकजना निर्णयकर्ता हुने आयोजकको दाबी छ ।
त्यस्तै यस सम्मेलनको लागि प्रायोजकको आह्वान पनि आयोजक संस्थाले गरेका छन् । जसबापत त्यहाँ बुथको व्यवस्था, कार्यक्रमको प्रत्यक्ष प्रसारण, मिडिया अन्तवार्ता र समाचार माध्यमबाट करिब २ लाख ५० हजार पाठक/श्रोतामाझ पुग्ने दाबी आयोजकको छ ।
करिब एक लाख ५० हजारभन्दा बढी मानिसहरूलाई लक्षित समाचार विज्ञापनबाट लाभ पाउने हाईपर्स र बिमस्टार्टले प्रेस रिलिजमार्फत भनेको छ।

कार्यक्रममा सहभागी हुनका लागि इच्छुकले आयोजकले उपलब्ध गराएको लिङ्क मा गएर दर्ता गराउन सक्नेछन्।
यसरी कार्यक्रम गर्नुको उद्धेश्य उद्यमशीलता मार्फत राष्ट्र निर्माणलाई समर्थन गर्नु रहेको आयोजकको भनाई छ । स्मरण रहोस्, बीमस्टार्ट यस्तै सम्मेलन आयोजना गर्ने संस्था हो भने हाईपर्स उद्यमशीलता र स्टार्टअपहरूलाई समर्थन गर्ने प्रमुख संस्था हो । विशेषगरी हाइपर्सले ईकमर्शको क्षेत्रमा काम गर्छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×