भारत। बलिउड अभिनेता रणवीर सिंहको चलचित्र ‘८३’ ओटिटि प्ल्यातफर्ममा उपलब्ध हुने भएको छ। चलचित्र नेटफ्लिक्स र हटस्टारमा स्ट्रिम हुने भएको हो। सञ्चारमाध्यमका अनुसार, चलचित्र फेब्रुअरी १८ या २५ सम्ममा ओटीटीमा उपलब्ध हुनेछ।
नेटफ्लिक्सले चलचित्रको हिन्दी संस्करणको अधिकार लिएको छ भने हटस्टारले तमिल, तेलुगु, कन्नड र मलायालम संस्करण लिएको छ। चलचित्रलाई कबिर खानले निर्देशन गरेका हुन् ।