शाश्वत ढुङ्गाना गोविन्द [गजल]

१. यहाँ अड्ने हैन म हिंड्ने कुरा छन् 
   दोबाटाहरू बस्  सबै  साँघुरा छन्

  कसोरी  निदाऊँ  म  तिम्रो  नजीकै 
  अधरमा छ प्रीति नजरमा छुरा छन् 

  जिएको  छ  जीवन  प्रतीक्षा हरूले  
  अनुत्तर  हजारौं  फुटेका  चुरा छन् 

  के सन्तापले  हुन्  अभिशप्त मान्छे  
  कहाँ  स्वप्न  सारा  भएका पुरा छन्

  पराजित हुने छैन  शाश्वत अटल छ 
  अविजित  गराउने मेरै पाखुरा छन्

२. चोइटा र जीवन उत्तर यो दिन्छन् 
   नश्वर दुवै  हुन्  जल्दै  सकिन्छन् 

  लड्दा नजिकै रूँदै आउँने भाई
  बण्डा पछाडी दुश्मन देखिन्छन्

  नाफा नियाल्दै उड्छन् जो माथि   
  घिस्रिन्छ आत्मा घाटा निलिन्छन्  

  टुक्रा  बनाउँदा  टुक्रिन्छ   सीसा 
  आफ्नै अनुहार टुट्दा चिनिन्छन् 

  आफ्नै   छ   बैरी  हर्षादि  खोस्ने
  नङ्ग्राहरूले   छाला  लुछिन्छन्

(झापाका गजलकार शाश्वत ढुङ्गाना गोविन्द हाल वैदेशिक रोजगारको शिलशिलामा युएई बसोबास गर्दै आईरहेका छन्।)

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×