अनि सन्दीप चीन जान तयार भए

काठमाडौँ - क्रिकेटर सन्दीप लामिछाने आफ्नो मुद्दामा पछिल्ला दुई पेशी अदालतले रोकेपछि मानसिक रूपमा खेल्नका लागि तयार नभएको भन्दै चीन नजाने अडानमा रहेका सन्दीप अंततः चीन जाने भएका छन ।

सन्दीपले आफू मानसिक रूपमा कमजोर बनेको भन्दै एसिया कप खेल्न नसक्ने जनाउ नेपाल क्रिकेट संघलाई गराएका थिए । तर, हिजै बेलुकी नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र क्यानका सचिव पारस खड्कासँग गएराति छलफलपछि उनी चीन जान तयार भएका हुन्। सचिव खड्काले देशको प्रतिनिधित्वको विषय भएकाले सन्दीपलाई चीन जान आग्रह गरेका थिए। उनले अदालतको मुद्दामा चाँडो फैसला हुनुपर्नेमा क्यानको समान धारणा रहेको भन्दै सन्दीपलाई मानसिक रूपमा कमजोर नहुन र देशका लागि प्रतिनिधित्व गर्न आग्रह गरेपछि सन्दीप पनि तयार भएका हुन्।

छलफलपछि सन्दीप आजै एयर चाइनको विमानबाट आज अपरान्ह १२:२० मा चीन प्रस्थान गर्न तयार भएका हुन्। नेपालले चीनमा एसियाली पुरुष क्रिकेटमा प्रतिस्पर्धा गर्दैछ। 

यसअघि सन्दीपको गत १ असोज र ७ असोजमा दुई पटकको पेसी अदालतकै कारण स्थगितमा परेको थियो। गोलाप्रथाका कारण विदामा बसेका न्यायाधीशको बेन्चमा मुद्दाको पेशी पर्दा सन्दीपको मुद्दाले किनारा पाउन सकेको छैन।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×