अहिले देशमा दुई वटा गठबन्धन आमने समाने रहेको प्रचण्डको भनाइ

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न आम निर्वाचनमा दुई वटा गठबन्धन आमने-समाने हुने बताएका छन्। काठमाडौं ७ को चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, 'एउटा प्रतिगामी र अर्को अग्रगामी गरी अहिले देशमा दुई वटा गठबन्धन आमने-समाने भएका छन्। एउटा संविधान लोकतन्त्र मास्ने, अर्को संविधान  र लोकतन्त्र रक्षा गर्नेका बीच चुनावी प्रतिस्पर्धा हुँदैछ।'

त्यसैले मंसिर ४ को प्रतिनिधि र प्रदेशसभा चुनाव सामान्य नभएको उनको भनाइ छ। देश, संविधान, र लोकतन्त्रले जित्ने हो कि होइन भन्ने यक्ष प्रश्नको जवाफ जनताले दिने अवसर भएको छ मंसिर ४ गतेको निर्वाचन, प्रचण्डले भने।

यसलाई गम्भीरतापूर्वक आत्मासाथ गर्न गठबन्धनका दलका नेता कार्यकर्तालाई प्रचण्डको आग्रह छ। यो कुरा जनतालाई राम्री बुझाउनु पर्ने पनि उनले बताए। काठमाडौं ७ का मतदाताले मानुषी यमी भट्टराईलाई जिताएर पठाउने प्रचण्डले विश्वास व्यक्त गरे।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×