कार्तिक आर्यनको एक्सन थ्रिलर फिल्म सिधै ओटीटीमा रिलिज हुने

काठमाडौँ - बलिउडका चकलेटी हिरो कार्तिक आर्यनले लभर ब्वाइ, न्युज एंकर, घोस्ट राइटर लगायत विभिन्न भूमिकामा आफूलाई खरो सावित गरिसकेका छन्। केही महिनाअघि रिलिज भएको हरर-कमेडी फिल्म ‘भूलभुलैया २’ उनको पछिल्लो हिट फिल्म हो।

दक्षिण भारतीय फिल्मको दबदबा रहेको वर्तमान भारतीय फिल्म उद्योगमा उनी अभिनित यो फिल्मले बलिउडलाई लयमा फर्काउने कोसिस गर्‍यो। कार्तिक अब चाँडै नै एक्सन थ्रिलर फिल्म ‘फ्रेडी’मार्फत दर्शकमाझ आउँदैछन्।

फिल्ममा उनको अपोजिट भूमिकामा अलाया एफ हुनेछिन्। शशांक घोष निर्देशित तथा बालाजी टेलिफिल्म्स र नर्दन लाइट्स फिल्म्सद्वारा निर्मित फिल्म भने सिनेमा हलमा रिलिज हुनेछैन, सिधै ओटीटी प्लेटफर्म डिज्ने प्लस हटस्टारमा स्ट्रिमिङ हुनेछ।

फिल्मको रिलिज मिति भने तोकिएको छैन।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×