माइतीघरबाट डा. गोविन्द केसीसहित ९ जना पक्राउ

काठमाडौं – स्वास्थ्य र शिक्षामा सबै नेपालीको समान पहुँचलगायतका माग राख्दै माइतीघरमा प्रदर्शनमा उत्रिएका डा. गोविन्द केसीसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ।

उनीहरूलाई जिल्ला प्रहरी परिसर र सिंहदरबार वृत्तबाट खटिएको टोलीले माइतीघरबाट पक्राउ गरेको हो।

डा. केसीसहितको टोलीले स्वास्थ्य तथा शिक्षामा सबैको पहुँच, सशस्त्र द्वन्द्वपीडितलाई न्याय, निशुल्क औषधी उपचारको व्यवस्था, माइतीघर क्षेत्रलाई निषेधित क्षेत्र तोक्न नपाइनेलगायत माग राखेका थिए।

यसअघि मंसिर ५ गतेदेखि जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघरलाई निषेधित क्षेत्र तोकेकोमा उक्त क्षेत्रलाई निषेधित क्षेत्र तोक्न नहुनेसहितका विभिन्न माग राख्दै डा। केसीको समूह प्रदर्शनमा उत्रिएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×