काठमाडौँ। कमेडी रियालिटी शो 'कमेडी च्याम्पियन' समुह आफ्नो प्रस्तुती दिन दुबई गाएको छ। कमेडी च्याम्पियन सिजन १ र सिजन २का प्रतिस्पर्धीहरू ‘कमेडी च्याम्पियन इन दुबई’ कार्यक्रममा आफ्नो प्रस्तुती दिन दुबई गएका हुन्। कार्यक्रममा हिमेश पन्त, सुमन कोइराला, सुमन कार्की, भरतमणि पौडेल, विक्की अग्रवाल, सन्तोष थापा आदि कलाकारहरुले आफ्नो प्रस्तुती दिनेछन्। डिसेम्बर ३१ मा एस्टोरिया होटेल बर दुबईको क्लब याक एन्ड यति एभरेस्टमा हुने कार्यक्रम निर्देशक विशाल भण्डारी विशेष आथित्यमा आयोजना हुनेछ।