धनुष र ऐश्वर्यालाई मिलाउने कोशिसमा रजनीकान्त

भारत। दक्षिण भारतीय कलाकार धनुष र उनकी पूर्वपत्नी ऐश्वर्या रजनीकान्तले छुट्टिने निर्णय लिएदेखि उनीहरु चर्चामा रहेका छन्। यो खबरले सबैलाई चकित पारेको छ। विवाह भएको १८ वर्षपछि उनीहरूको सम्बन्ध टुटेको खबरले प्रशंसकहरुमा नैराश्यता छाएको छ। 

प्रशंसकसँगै अभिनेता रजनीकान्त पनि छोरीज्वाईंको यो निर्णयले दुखी छन्। उनी दुवैलाई पुन: मिलाउने कोशिस समेत गरिरहेका छन्। 

खबरका अनुसार धनुष र ऐश्वर्याको सम्बन्ध यसअघि पनि धेरै पटक बिग्रिने गरेको थियो। जोडीबिच धेरै पटक झगडा समेत भएको थियो। तर, हरेक पटक रजनीकान्तले अवस्था सम्हालेका थिए। उनले धेरै पटक जोडीलाई मिलाएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनी पुन:जोडीलाई मिलाउने कोशिसमा लागेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×