काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ ।
राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ १० पैसा निर्धारण भएको छ । हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा थियो । त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४५ रुपैयाँ २४ पैसा निर्धारण भएको छ ।