काठमाडौँ - दक्षिण अफ्रिकामा आयोजना हुने पहिलो संस्करणको टी-२० लिगका लागि दक्षिण अफ्रिकी ब्याट्सम्यान ट्रिस्टान स्टब्स सर्वाधिक महंगा खेलाडी बनेका छन्।
केप टाउनमा भएको अक्सनका क्रममा सनराइजर्स इस्टर्न केपले स्टब्सलाई ५ लाख २० हजार अमेरिकी डलरमा खरिद गरेका हुन्। यता अनक्याप्ड ब्याट्सम्यान डोनाभोन फेरेइरालाई जो’बर्ग सुपर किंग्सले ३ लाख १० हजार डलरमा भित्र्याएको छ।
अर्कोतर्फ दक्षिण अफ्रिकाको टी-२० टिम कप्तान टेम्बा बाभुमा र टेस्ट कप्तान डिन एल्गारका लागि कसैले बोली लगाएका छैनन्।