अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट सात जना पक्राउ

काठमाडौं - बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्रामसहित कन्चनपुर महेन्द्रनगर नगरपालिका–३ बस्ने २९ वर्षीय तिर्थराज पन्थ समेत २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले क.प्र.००२ प ३७६० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सुर्खेतको भेरिगंगा नगरपालिका–१२ छिन्चु बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ३३ मिलिग्रामसहित गुर्वाकोट नगरपालिका–१० बस्ने २५ वर्षीय यमराज गिरी समेत ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले बा.५ ख ७७०३ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको   हो ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ भन्सार कार्यालय नजिकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ४ किलो ७ सय २० ग्रामसहित प्युठान गौमुखी गाउँपालिका–३ बस्ने ३८ वर्षीया बासु घर्ती मगरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेकी उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ चन्द्रमान चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २३ वर्षीय तपेन्द्र शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×