‘ब्ल्याक एडम’को दोस्रो ट्रेलर: एन्टी-हिरो चरित्रमा ड्वायन जोन्सन

काठमाडौँ - ड्वायन जोन्सन स्टारर हलिउडको प्रतीक्षित डीसी कमिक्स सुपरहिरो फिल्म ‘ब्ल्याक एडम’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ।

‘ब्याटगर्ल’जस्ता चर्चित फिल्मको निर्माण नै स्थगन गरेको वार्नर ब्रोजका लागि ‘ब्ल्याक एडम’लाई महत्वपूर्ण मानिएको छ। फिल्मको अघिल्लो ट्रेलरमा हामीले आकाशमा भएको विस्फोटक लडाइँका दृश्य देखेका थियौं।

दोस्रो ट्रेलरमा भने ब्ल्याक एडमको अविश्वसनीय शक्ति प्रदर्शन र छोराको दुःखद् मृत्युपछि उक्त चरित्रमा आउने विचलनलाई चित्रण गरिएको छ। साथै, नैतिक रुपमा अस्पष्ट एन्टी-हिरोको रुपमा पनि प्रस्तुत गरिएको छ।

नयाँ ट्रेलरमा ‘द सुसाइड स्क्वाड’ फेम्ड भायोला डेभिस र अमान्डा वारलाई देखाइएको छ। डीसी कमिक्सका २ सुपरहिरो फिल्म जेम्स वानको ‘आक्वाम्यान’ र ‘द लस्ट किङ्डम’को प्रदर्शन मिति पोस्टपोन्ड भएसँगै ‘ब्ल्याक एडम’को दोस्रो ट्रेलर रिलिज भएको हो।

यो फिल्म कात्तिक ४ गते रिलिज हुनेछ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×