लहान नगरपालिका उपप्रमुख महतो प्रहरीको नियन्त्रणमा

लहान - जबर्जस्ती करणी उद्योग मुद्दा दर्ता भएपछि फरार रहेका लहान नगरपालिका उपप्रमुख राम चलितर महतोलाई प्रहरी नियन्त्रणमा लिएको छ। 

इलाका प्रहरी कार्यालय लहानका निमित्त प्रमुख प्रहरी निरीक्षक कोमल ठाकुरका अनुसार असार ४ गते २१ वर्षीया युवतीलाई जबर्जस्ती करणी गर्न खोजेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको हो। 

रोजगारी दिलाइदिन भन्दै उपप्रमुख महतोको कार्यकक्षमा पुगेकी युवतीमाथि उपप्रमुख महतोले कोठाको चुकुल लगाएर जबर्जस्ती गरेको उजुरी प्रहरीमा परेको थियो। असार ४ गते इलाका प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएपछि प्रहरीले उपप्रमुख महतोको खोजी गरिरहेको थयो।

उपप्रमुख महतो शुक्रवार प्रहरीसमक्ष आफैँ उपस्थित भएको प्रहरीले जनाएको छ। उनीमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×