सिन्धुपाल्चोक जिल्ला अदालतले बम्जनसँग माग्यो ३ लाख धरौटी

काठमाडौं । रामबहादुर बम्जनलाई व्यक्ति बेपत्ता पारेको मुद्दामा धरौटी मागिएको छ । सिन्धुपाल्चोक जिल्ला अदालतले आफूलाई तपस्बी बताउने बम्जनलाई धरौटी मागेको हो ।

न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले बम्जनसँग ३ लाख धरौटी माग गरेको हो । बम्जनमाथि सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा रहेको बाढेगाउँ आश्रमबाट एक महिला बेपत्ता पारेको अभियोग थियो ।

सिन्धुपाल्चोक अदालतले धरौटीमा छाड्न आदेश दिएपनि उनी छुट्न सक्ने अवस्था छैन । यसअघि असार १७ गते बाल यौन दुराचार मुद्दामा उनलाई १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति भराउने सर्लाही अदालतले फैसला सुनाइसकेको छ ।

महोत्तरीको जलेश्वर जेलमा रहेका बम्जनलाई सिन्धुपाल्चोकमा परेको मुद्दाको अनुसन्धानका लागि लगिएको थियो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×