लिबियाको सामुद्रिक किनाराबाट ४९७ अवैध आप्रवासीको उद्धार

काठमाडौँ - आप्रवासन सम्बन्धी एक अन्तर्राष्ट्रिय संस्था (आइओएम) ले लिबियाको सामुद्रिक किनाराबाट उद्धार गरिएका ४९७ जना अवैध आप्रवासीहरु लिबिया फर्किएका बताएको छ। सो संगठनले सोमबार एक विज्ञप्ति प्रकाशन गरेर सो विषयमा जानकारी दिएको हो। ती आप्रवासी कागजातबिहीन भएका र सामुद्रिक किनारमा अलपत्र परेका थिए।

लिबियाका विभिन्न स्थानबाट उनीहरु अन्यत्रै जान लागेका थिए र उनीहरु कागजात बिहीन अवस्थामा रहेकाले उनीहरुलाई सो संगठनले उद्धार गरेर लिबिया नै फर्काएको थियो।सो संगठनले सात दिनको अवधिमा उनीहरुलाई उद्धार गरेर फर्काएको थियो। कतिपय यी आप्रवासीहरु जबर्जस्ती समुद्र पार गर्न खोज्दा दुर्घटनामा पर्ने गरेका छन्।

लिबियाको सामुद्रिक किनाराबाट भाग्न खोज्ने क्रममा गएको वर्षमात्र पनि कम्तीमा पनि ७७ जनाको ज्यान गएको थियो। त्यस्तै गत वर्ष मात्र ३४० जना यस क्रममा बेपत्ता भएका थिए।उक्त संगठनले यस वर्षमात्र करिब ४ हजार अवैध आप्रवासीलाई उद्धार गरिएको पनि जनाएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×