कैलाली - सुदूरपश्चिम प्रदेशसभाको सभामुख चयनका लागि पुस २८ गते निर्वाचन हुने भएको छ। प्रदेशसभा सचिवालयले बुधबार जारी गरेको सूचनामा सभामुख चयनका लागि दिउँसो १ बजे निर्वाचन हुने उल्लेख गरिएको छ।
यसअघि २७ गतेदेखि मनोनयन दर्तालगायतका प्रक्रिया सुरु हुने प्रदेशसभा सचिव देवबहादुर बोगटीले जानकारी दिए।