भारत। कोरोना महामारीका कारण भारतमा दुई हप्ताअघिबाट लकडाउन हुन थालेको छ। धेरै राज्यका सिनेमाघरहरु बन्द भएका छन्। जसले गर्दा जनवरी र फेब्रेुअरीमा प्रदर्शनमा आउने भनिएका बलिउड चलचित्र पछाडी हटेका छन्।
आउँदो मार्चको दोस्रो साता यानिकी फागुपूर्णिमाबाट भारतमा कोरोना महामारी सामान्य हुने र सिनेमाघरहरु खुल्ने बलिउडकर्मीले अड्कल गरेका छन्। सोहीकारण केहि चलचित्रको प्रदर्शन मिती फागुपूर्णिमामा तोकिएको छ। थप केहि चलचित्रको प्रदर्शन मिती पनि त्यसपछीकै समयलाई जुराईदैछ।
आगामी ४ मार्चमा प्रदर्शनमा आउने भनिएको अक्षय कुमारको चलचित्र बच्चन पाण्डेको प्रदर्शन मिती अब आउँदो फागुपूर्णिमालाई लक्षित गरेर १८ मार्चमा राखीएको छ। त्यतिबेलासम्म कोरोना महामारी कम हुने विश्वासका साथ प्रदर्शन मिति सारेको अभिनेता अक्षय कुमारले जनाएका छन्।
यो मितिमा अक्षय कुमारको चलचित्रको भिडन्त अभिनेता रणवीर कपुर र सञ्जय दत्तको चलचित्रसँग हुने भएको छ। रणवीर कपुर र सञ्जय दत्तको चलचित्र ‘शमशेरा' पनि १८ मार्चमा प्रदर्शनमा आउँदैछ। यो चलचित्रको प्रदर्शन मिति यसअघि नै १८ मार्च तोकिएको थियो। सोही कारण आउँदो फागुपूर्णिमामा दुई बलिउड चलचित्र बच्चन पाण्डे र शमशेरा बीच प्रतिस्पर्धा हुने भएको छ।