जनकपुरधाम - सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको राजगढ गाउँपालिका ६ बस्ने ३५ वर्षीय उमेश मण्डलको करेन्ट लागेर मृत्यु भएको प्रहरीले बताएको छ।
सोमबार राती खेतमा पानी लगाउने क्रममा पानी तान्ने मोटरबाट उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डीएसपी नरेश कुमार सिंहले जानकारी दिए। उनलाई उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा लग्दा चिकित्सकले मृत घोषणा गरेको डीएसपी सिंहले बताए।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।