रियाल मड्रिडले १४ औं पटक जित्यो च्याम्पियन्स लिगको उपाधि

 

काठमाडौँ - स्पेनिस क्लब रियाल मड्रिडले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ। फ्रान्सको पेरिसस्थित स्टेड डे फ्रान्स स्टेडियममा शनिबार राति भएको फाइनलमा रियालले इंग्लिस क्लब लिभरपुललाई १–० ले हराएर कीर्तिमानी १४औं पटक युरोपको प्रतिष्ठित ट्रफी उचालेको हो।

उपाधि दिलाउन भिनिसियस जुनियरले दोस्रो हाफमा गरेको गोल नै रियालको लागि निर्णायक गोल बन्यो। भिनिसियसले ५४औं मिनेटमा फेडरिक भाल्भर्डेको पासमा गोल गरेका थिए।

रियालका गोलकिपर थिबाउट कोर्तुवाले उत्कृष्ट बचाउ गर्दा लिभरपुलको आक्रमण निराश बनेको थियो।

रियालका प्रशिक्षक कार्लो एन्सेलोटी ४ पटक च्याम्पियन्स लिग जित्ने पहिलो प्रशिक्षक बनेका छन्। यस अघि उनले एसी मिलानबाट दुई र रियालका लागि एक च्याम्पियन्स लिग जितेका थिए।

लिभरपुलको सातौं पटक उपाधि जित्ने सपना भने पूरा हुन सकेन। रियालले पछिल्लो पटक २०१८मा लिभरपुललाई हराएर उपाधि जितेको थियो। भने, लिभरपुल २०१९ मा च्याम्पियन बनेको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×