स्कटल्याण्डसँग नेपाल पराजित

काठमाडौँ - आईसिसी विश्वकप लिग टु अन्तर्गत नेपाल स्टकल्याण्डसँग पराजित भएको छ। नेपालले दिएको १३८ रनको लक्ष्य पछाएको स्कटल्याण्डले नेपाललाई ३ विकेटले पराजित गरेको हो।

स्कटल्याण्डले ३२.१ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो। स्कटल्याण्डका लागि क्रिष्टोफर म्याक ब्रिजले ४३ रन बनाए भने ब्राण्डम म्याकमुलेनले ३२, मिचेल लीस्कले २२, जर्ज मुन्सीले १७ र म्याथ्यु क्रसले १३ रनको योगदान दिएका थिए।

त्यस्तै नेपाली बलर सागर ढकाल, ललित राजबंशी र गुलसन झाले २-२ विकेट लिएका थिए भने  दिपेन्द्र सिंह ऐरीले १ विकेट लिएका थिए। यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ४०.१ ओभरमा अलआउट हुदै १३७ रन बनाएको थियो।

नेपालका लागि ज्ञानेन्द्र मल्लले २५ रन बनाएका थिए भने अर्जुन साउदले १८ रन बनाए। त्यस्तै कप्तान रोहित पौडेलले १७, आरिफ सेखले १० रनको योगदान दिएका थिए। त्यसैगरी आसिफ सेखले ७, कुशल भुर्तेल शुन्य, दिपेन्द्र सिंह ऐरी ९ र कारण केसी ८ ले रनको योगदान दिएका थिए। त्यस्तै गुलसन झाले २९, सागर ढकालले ४ र ललित राजबंशीले ३ रन बनाएका थिए।

स्कटल्याण्डका लागि क्रिस सोलले सर्बाधिक ३ विकेट, मार्क वाटले २ विकेट लिए भने ब्राण्डन म्याकमुलेन, सफयान शरिफले समान १ विकेट लिएका थिए। यस सिरिजको पहिलो खेलमा नेपाल र नामिबियाबीचको खेल बर्षाले रद्ध हुदा १-१ अंक बाँडेका थिए।

यस खेलपछि विश्वकप लिग टू मा नेपाल २२ खेलमा १८ अंक रहेको छ भने छैठौं स्थानमा रहेको छ। त्यस्तै स्कटल्याण्ड ३० खेलमा ४४ अंक सहित दोस्रो स्थानमा रहेको छ। नामिबिया २८ खेलमा २८ अंकसहित चौथो स्थानमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×