‘कबड्डी’ र ‘दुई नम्बरी’ हिट भएपछि दयाले ५० प्रतिशतले बढाए आफ्नो पारिश्रमिक

काठमाडौँ - तुलनात्मक रुपमा यो साल हिटको पगरी गुथ्न सफल फिल्मको संख्या धेरै छ। वर्षको ६ महिना बित्दा अहिलेसम्म ६ वटै फिल्मले बक्स अफिसबाट लगानी उठाएका छन्। यसमा दयाहाङ राई अभीनित २ फिल्म छन्, ‘कबड्डी ४’ र ‘दुई नम्बरी’।

यही साल प्रदर्शन भएको दयाको फिल्म ‘के घर के डेरा’ले पनि बक्स अफिसमा औसत व्यापार गरेको थियो। यस हिसाबले यो सालका दयाका तीनै फिल्मले राम्रो व्यापार गरेका छन्। दयाले आफू अभीनित फिल्म चलेको मौका छोपेर आफ्नो पारिश्रमिक ५० प्रतिशतले बढाएका हुन्।

दयाहाङले यसअघि एउटा फिल्म खेलेको २० लाख रुपैँया लिने गरेका थिए। तर उनले नयाँ निर्मातालाई ३० लाखको थैलीसहित सम्झौतापत्र लिएर आउन आग्रह गर्ने गरेका छन्। सूत्रका अनुसार उनले भर्खरै सम्झौता गरेको ‘हात्तिछाप’बाट यसको सुरुवात गरेका हुन्। ‘दुई नम्बरी’ निर्माताले बनाउन लागेको यो फिल्मका लागि निर्माता किरण नेपालीले ३० लाख तिरेको स्रोतको दाबी छ।

सानोतिनो भूमिका हुँदै ‘लुट’बाट स्थापित दयाहाङ राईको स्टारडम यात्रा ‘कबड्डी’बाट सुरु भएको थियो। त्यसयता उनी चकलेटी प्रेमकथाबाहेकका फिल्मका भरपर्दा अनुहार रहँदै आएका छन्। डायस्पोरामा पनि दयाका फिल्मले राम्रो पैसा पाउने गरेका छन्। यही कारण पनि निर्माताले दयाले मागेजति पारिश्रमिक दिने गरेका छन्।  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×