काठमाडौँ - अमेरिकाको ओहायो सहर निवासी गीतकार रमेश लुइँटेलको शब्द एवं लोकप्रिय गायक उदय सोताङको स्वरमा सुसज्जित गीत 'तिम्रो साथ'को म्युजिक भिडियो सार्वजनिक भएको छ।
संगीतकार आधार तुम्बापोको संगीत रहेको यस गीतमा कर्म ग्याल्छेन बम्जनको संगीत संयोजन रहेको छ। गीतको म्युजिक भिडियो "टिम मुक्तिनाथ"ले बनाएको छ भने यसमा सुजिता सिवाकोटी, दिपेश परियार र श्रीयम लामाको अभिनय रहेको छ। यस गीतलाई "नेपाली मेलोडिज" नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
हेर्नुहोस् गीत: