संसदबाट भयो एमसीसी पास

काठमाडौँ - संसदले कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणासँगै अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेको छ।

आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका थिए, जसलाई संसदले एमसीसीसँगै अनुमोदन गरेको छ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी र व्याख्यात्मक घोषणा अनुमोदन गरियोस् भनेर प्रस्ताव पेश गरेका थिए। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरोध गरिरहेको समयमा ध्वनि मतबाट एमसीसी अनुमोदन भएको हो। एमसीसी अनुमोदन गरेर प्रतिनिधि सभा बैठक फागुन १८ गतेसम्मको लागि स्थगित भएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×