शालिन मृत्यु प्रकरण: पक्राउ परेका तीनै जना शिक्षक रिहा

काठमाडौं – चितवनको रत्नगर नगरपालिका–१० स्थित शिशु निकेतन माविको छात्राबासमा मृत भेटिएका १४ वर्षीया शालिन पोखरेल मृत्यु प्रकरणमा पक्राउ परेका तीनै जना धरौटीमा रिहा भएका छन् ।

शालिनको मृत्यु भएपछि पक्राउ परेका प्रधानाध्यापक बालहरि देवकोटा, सहप्रधानाध्यापक किरणबहादुर अधिकारी र होस्टल वार्डेन कमलप्रसाद शर्मा रिहा भएका हुन् ।

चितवन जिल्ला अदालतका न्यायाधीश रमेशप्रसाद ज्ञवालीको इजलासले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

अदालतले प्रधानाध्यापक देवकोटालाई ३ लाख र सहप्रधानाध्यापक अधिकारी र होस्टल वार्डेन शर्मालाई जनही ५÷५ लाख धरौटी बुझाउन आदेश दिएको थियो ।

अदालतको आदेशपछि उनीहरू धरौटी बुझाएर हिरासतमुक्त भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी तथा प्रवक्ता श्रीराम भण्डारीले अनलाइनखबरलाई बताए ।

शालिनको मृत्युपछि प्रहरीले तीन जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा शालिनले आत्महत्या गरेको पुष्टि भएको थियो । त्यसपछि पक्राउ परेका तीनै जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरिएको थियो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×