लुकाकु र डिबालालाई भित्र्याउने प्रयासमा इन्टर

काठमाडौँ - इन्टर मिलानका प्रमुख कार्यकारी अधिकृत ग्युसेपे मारोट्टाले क्लबले चेल्सीका स्ट्राइकर रोमेलु लुकाकु र युभेन्टसका फरवार्ड पाउलो डिबालालाई भित्र्याउनका लागि छलफल गरिरहेको बताएका छन्। ‘लुकाकु र डिबाला हाम्रो टार्गेटमा छन्,’ मारोट्टाले भनेका छन्।

‘हामीले हाम्रो आर्थिक अवस्था पनि हेर्नुपर्छ। हामीले दुईजना खेलाडीहरूसँग छलफल गरिरहेका छौँ। उनीहरूलाई अनुबन्ध गर्न पाए हामी खुसी हुनेछौँ। यदि त्यो सम्भव भएन भने हामी अन्य खेलाडीहरू खोज्छौँ,’ उनले थपे। बीबीसी स्पोर्टले लुकाकु इन्टर फर्कनका लागि आफ्नो तलब घटाउन तयार रहेको रिपोर्ट प्रकाशित गरेको थियो।

उनले रोमाका मिडफिल्डर हेनरिख मिखितारियन र आयाक्सका क्यामरुनियन गोलकिपर आन्द्रे ओनानालाई पनि क्लबमा भित्र्याउने प्रयास गरिरहेको बताएका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×