सन्थाल समुदायको अधिकार स्थापित गरेरै छाड्छु : नेता सिटौला

झापा - नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य  झापा क्षेत्र नम्बर ३ का उम्मेदवार कृष्णप्रसाद सिटौलाले सन्थाल समुदायको उन्नतिका लागि प्राथमिकताका साथ काम गर्ने बताएका छन्।

झापाको राजगढमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले पूर्वी नेपालका झापा ,मोरङ र सुनसरीमा रहेका सन्थाल समुदायको  जीवन स्तर उकास्ने खालका उपयोगी कार्यक्रम ल्याएर सम्बोधन गर्न आफू निरन्तर लागिरहने बाचा गरे। अहिलेसम्म पनि राज्यबाट उपेक्षित भइरहेका सन्थाल समुदायका परिवारले दोस्रो दर्जाको नागरिकको अवस्थाबाट मुक्त नभइ समाजवादको अनुभूति नहुने भन्दै कांग्रेसका पूर्व महामन्त्री सिटौलाले निर्वाचनपछि बन्ने सरकारले सन्थालका सबै पीडा र समस्या हल गर्ने प्रष्ट पारे। 

बाह्रदशी गाउँपालिका अन्तर्गत राजगढ बजारमा सन्थाल समुदायले आयोजना गरेको  जेष्ठ सन्थाल आमाबुबा सम्मान तथा सन्थाल सांस्कृतिक कार्यक्रममा नेता सिटौलाले गणतन्त्रवादीलाई मतदान गर्न समेत आह्वान गरेका थिए। नेपालको राजनीतिक आन्दोलनमा सन्थाल समुदायको महत्वपूर्ण भूमिका रहेको प्रष्ट पार्दै लोकतन्त्रको रक्षा र गणतन्त्रको संस्थागत विकासमा सन्थाल समुदायले खेलेको भूमिकाको राष्ट्रले  संम्मान गर्ने समेत बताए।

सो कार्यक्रममा प्रदेश सभा सदस्य पदका उम्मेदवार पूर्णप्रसादसिंह राजवंशी, संविधान सभा सदस्य मोहन टुडु , सन्थाल समुदायका अग्रज शिक्षक बडाराम हेमरम लगायतले मन्तव्य राख्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देशमा सन्थालको अस्तित्व रक्षा हुनु पर्ने धारणा राखेका थिए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×