झापाको गौरादहमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु

झापा - झापाको गौरादह नगरपालिका–१ मा स्कुल बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।

गौरादह–१ स्थित माउन्ट एभरेस्ट बोर्डिङ स्कुलको बसले पैदल यात्री ७२ वर्षीय तुलसा दाहाललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो। दिउसो ३ बजे ठक्कर दिएकोमा उपचारको क्रममा राति ९ः१५ मा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए।

बस चालक अमरलाल ताजपुरिया प्रहरीको नियन्त्रणमा रहेको र सो  घटनाका सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको  प्रहरीले जानकारी दिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×