भारतको उत्तराखण्डमा हिमपहिरोमा कम्तीमा १० जनाको मृत्यु, २० जना बेपत्ता

काठमाडौँ - भारतमा हिमपहिरोमा परेर कम्तीमा १० जनाको मृत्यु भएको छ। अरु केही बेपत्ता भएका छन्। उत्तराखण्डको हिमाली क्षेत्रमा आरोहणको अभ्यासमा रहेका टोली हिमपहिरोमा परेका हुन्।

३४ जना प्रशिक्षार्थी र ७ जना प्रशिक्षक हिमपहिरोमा परेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। १४ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। अरु २० जना बेपत्ता भएका छन्। उनीहरुको खोजी भइरहेको उल्लेख गरिएको छ।

भारतीय हवाई सुरक्षा बलले खोजी तथा उद्धार अभियानमा सहयोग गरिरहेको छ। नेहरु इन्स्टिच्युड अफ माउन्टेनरिंगको टोली द्रौपदी हिमालबाट फर्किने क्रममा हिमपहिरोमा परेका हुन्।

मंगलबार स्थानीय समय अनुसार बिहान साढे ९ बजे हिमपहिरो गएको थियो। खराब मौसमका कारण रातभर उद्धार अभियान रोकिएको थियो। बुधबार बिहान भएसँगै उद्धारको काम भइरहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×