सर्लाहीको हरिवनमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

सर्लाही - सर्लाहीको हरिवन नगरपालिका–१० नयाँ रोड चोकमा आज बिहान ट्रकको ठक्करबाट  पैदल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीय पुरुष रहेका छन्। उनको घटनास्थलमा नै मृत्यु भएको र सनाखत हुन बाँकी रहेको सर्लाही प्रहरीले जनाएको छ। 

आज बिहान ४ बजे ना ८ ख ८२६७ नम्बरको ट्रकले पैदल हिँडिरहेका पुरुषलाई ठक्कर दिएको थियो। ठक्कर दिने ट्रक सहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय हरिवनले जानकारी दिएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×