पाकिस्तानी फिल्मले विदेशमा ‘आरआरआर’ र ‘केजीएफ-२’को कमाइलाई उछिन्यो

काठमाडौँ - पाकिस्तानी फिल्म ‘द लिजेन्ड अफ मौला जट्ट’ले विश्व बक्स अफिसमा उत्कृष्ट कमाइ गरेको छ। रिलिज भएयता फिल्मले विश्वभर २२० करोड भारु कमाएको छ। यसले यो वर्ष रिलिज भएका भारतका केही ब्लकबस्टर फिल्मलाई पनि उछिनेको छ। बेलायत र नर्वेजस्ता युरोपेली देशमा यसले आरआरआर, केजीएफ-२ र बजरंगी भाइजान जस्ता फिल्मलाई पछाडि छाडेको छ।

फवाद खान स्टारर फिल्म पाकिस्तानी फिल्म उद्योगको अहिलेसम्मकै सबैभन्दा महँगो र सर्वाधिक कमाउने फिल्म हो। फिल्मले विश्वभर एक करोड अमेरिकी डलर अर्थात् २२० करोड रुपैयाँ कमाएको जनाइएको छ।

यो कमाइमा पाकिस्तानबाट फिल्मले ८७.५० करोड रुपैयाँ र विदेशबाट १३२.५० करोड रुपैयाँ विदेशबाट कमाइ भएको छ। यसले भारतका आरआरआर, केजीएफ-२ जस्ता ब्लकबस्टर फिल्मलाई बेलायत, नर्वे र खाडी देशमा कमाइको मामिलामा पछाडि छोडेको छ। यो फिल्म १३ अक्टोबर २०२२ मा रिलिज भएको थियो।

यसले बेलायतमा १३.९२ करोड रुपैयाँ कमाएर दक्षिण एसियाकै सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्ड राख्यो। यसअघि २०१८ मा फिल्म ‘पद्मावत’ले बेलायतमा सबैभन्दा धेरै कमाइ गरेको थियो। यसबाहेक यो फिल्म ‘बजरंगी भाइजान’लाई उछिन्दै नर्वेमा सबैभन्दा धेरै कमाउने दक्षिण एसियाली फिल्म बनेको छ। फिल्मले अमेरिका, अष्ट्रेलिया र क्यानडा जस्ता देशमा पनि राम्रो व्यापार गरिरहेको छ।

यो फिल्म भारतमा पनि २३ डिसेम्बरमा रिलिज हुने खबर आएको थियो तर अहिलेसम्म आधिकारिक घोषणा भने भएको छैन। सन् २०१९ देखि भारत र पाकिस्तानबीच सांस्कृतिक प्रतिबन्ध छ।

बिलाल लासारीको निर्देशनमा बनेको फिल्ममा फवाद खान र माहिरा खान मुख्य भूमिकामा रहेका छन् भने हमजा अली अब्बासी सहायक भूमिकामा रहेका छन्।

‘द लिजेन्ड अफ मौला जट्ट’ सन् १९७९ को कल्ट क्लासिक फिल्म मौला जट्टको रिमेक हो। फिल्मका मुख्य अभिनेता फवाद खान पाकिस्तानमा मात्र नभई बलिउडमा पनि निकै चर्चित छन्। उनले विगतमा ‘खूबसूरत’, ‘कपुर एण्ड सन्स’ र ‘ऐ दिल है मुश्किल’ जस्ता फिल्ममा काम गरिसकेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×