काठमाडौं - नेपाल बीमा प्राधिकरणले तीन वटा बीमा कम्पनीहरुलाई कारबाही गरेको छ । यही पुस छ गते बसेको सञ्चालक समितीको बैठकले निर्णय गरी तीन वटा निर्जीवन बीमा कम्पनीहरुलाई कारवाही गरेको प्राधिकरणको भनाई छ ।
प्राधिकरणका अनुसार कारवाहीमा पर्नेहरुमा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड, युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी र राष्ट्रिय बीमा कम्पनी रहेका छन् । यि कम्पनीहरुलाई प्रति कम्पनी दुई लाख रुपैंयाँको दरमा नगद जरिवाना गरिएको प्राधिकरणले जानकारी दिएको छ ।
स्थलगत निरीक्षणका क्रममा अधिकांश बीमा कम्पनीहरूले उधारो बीमा गराएको, रेट कटिङ गरेको, सम्पत्ति शुद्धीकरणमा ध्यान नदिएको, दाबी भुक्तानीमा बीमितलाई दुःख दिएको लगायतका कैफियतहरु देखिएपछि कारवाही गरिएको हो, प्राधिकरणले भनेको छ ।